प्यूठान । आसन्न प्रतिनिधि सभा सदस्यका निर्वाचनका सन्दर्भमा जनभेटघाटमा रहनुभएका एमाले उम्मेदवार सूर्य थापाले आज शनिवार प्यूठान नगरपालिकाको जुम्रिकाँडामा जनभेटघाट गर्नुभएको छ । विहान विजुवार टारीबाट भेटघाट शुरु भएको हो ।
जुम्रिकाँडाको पूर्णगाऊँ, टाकुरा, झाँक्रिगाउँमा जनभेटघाट सम्पन्न भएको स्थानीय लिले घर्तिले जानकारी दिनुभयो । उम्मेदवार थापालाई स्थानीयले बाजा घाजा सहित पूmलमाला र अविरले स्वागत गरेका थिए । पूर्णगाऊँमा भएको चुनावी सभाको क्रममा भुपे घर्तिको नेतृत्वमा स्थानीय विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।
यसैवीच शनिवार विहान राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठान नगर कमिटीका सदस्य सूर्यबहादुर गैरे पार्टी परित्याग गरि एमाले प्रवेश गर्नुभएको छ । गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले स्वागत गर्नुभयो ।



S.K. Creative Media Group