प्यूठान । नेकपा (एमाले) प्यूठानले जिल्लाको आधा भन्दा बढी गाउँवस्तीमा पुगेर मतदातासंगको घरदैलो अभियान सम्पन्न गरेको छ । प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापा सहितको चुनावी भेटघाट कार्यक्रम शुक्रबारसम्म जिल्लाका ६ वटा पालिका र ३९ वटा वडामा सम्पन्न भएको एमाले प्यूठानले जनाएको छ । जिल्लामा कुल नौ स्थानीय तहका ६४ वटा वडाहरु रहेका छन् ।
शुक्रबाररसम्म नौवहिनी गाउँपालिका सबै वडा बस्तिमा चुनावी भेटघाट कार्यक्रम सकिएको छ । अव जिल्लाका गौमुखी, झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका गाउँवस्तीमा पुगेर मतदातासंग मत माग्ने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।
यसअघि सरुमारानी, माण्डवी, ऐरावती, नौवहिनी गाउँपालिका सहित स्वर्गद्धारी नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् । नौवहिनीको कार्यक्रम सकिएलगत्तै गौमुखीमा पुग्ने योजना रहेको छ । त्यसपछि झिमरुक र अन्तिममा प्यूठान नगरपालिकाका बाँकी २५ वडामा रहेका मतदातासंग चुनावी भेटघाट हुनेछ ।
प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापाले पाँचवर्षका लागि आफूलाई जिल्लाबासीले निर्वाचित गरेपनि पुरा कार्यकाल काम गर्न नपाएकाले यसपाली विजयी गराएर पठाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
गाउँबस्तीमा पुग्दा नागरिकहरुको अथाह साथ र सहयोग मिलेको थापाले जानकारी दिनुभयो । यसअघि पहिलोपटक आफू निर्वाचित भएर संसद्मा पुगेपछि देशले सुन्नेगरी प्यूठानको आवाज बोलेको उहाँले बताउनुभयो ।
फोटो:










S.K. Creative Media Group