प्यूठान । नेपाली कांग्रेसका नेता प्राध्यापक डाक्टर गाेबिन्दराज पाेख्रेलले नेपालमा रहेकाे बिधमान बेराेजगारि समस्या समाधाननै अहिलेकाे मुख्य जिम्मेवारी रहेकाे बताउनु भएको छ ।
फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्यूठानबाट कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका डा. पाेख्रेलले प्यूठान लगाएत देशभर युवाहरुमा बेरोजगारी समस्या रहेकाले आफुले अध्यापन गराएका धेरै युवाहरूले तराईका औधाेगिक क्षेत्रमा स्वराेजगार बनेकाे स्मरण गर्दै युवाहरुलाई साना तथा मझौला किसिमका राेजगारी सृजना गर्न सकिने बताउनुभयो ।
प्यूठानका १० हजार युवाहरुलाई शिपबिकास सम्बन्धि तालिम प्रदान गर्न पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । मतदाता भेटघाट तथा घरदैलो गर्दै झिमरुक पुगेका डा. पाेख्रेलले नितिगत सुधार गरि राेजगार सृजना गर्ने बताउनु भएको छ ।



S.K. Creative Media Group