प्यूठान । शुक्रबार विहान भएको हाईस दुर्घटनामा घाईतेमध्ये ६ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । झिमरुक गाउँपालिका ३ आहालखोला चिसापानीमा अनटेस्ट हाइस दुर्घटनामा चालक सहित १९ जना घाईते भएका छन ।
घाईतेमध्ये ६ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । झिमरुक गाउँपालिका २ निवासी ३२ वर्षीया रमिता केसी, प्यूठान नगरपालिका २ क्वाडी बस्ने ५१ वर्षीया बिमला विष्ट, झिमरुक गाउँपालिका ३ बस्ने ३५ वर्षीया कमला केसी, सोही ठाउँका १३ वर्षीय रुपेश पोख्रेल, २१ वर्षीया सुशिला पोख्रेल, ४५ वर्षीया हिरा जिसी र २२ वर्षीय प्रताप एमसीलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
३ जना सामान्य घाईते उपचार पछि घर फकिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल पराजुलीले जानकारी दिनुभयो । ९ जनाको जिल्ला अस्पताल र निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ ।



S.K. Creative Media Group