प्यूठान । सिद्धार्थ बैंक लिमिटेड जुम्री शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदाायित्व वहन गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विभिन्न ६ वटा विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक समाग्री, झोला र विद्यालय पोसाक उपलब्ध गराएको हो ।

मुक्ति माध्यमिक विद्यालयका १० जना, अरनिको आधारभुत विद्यालय, जनक आधारभुत विद्यालय, जानकी माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय र सरस्वती प्राथमिक विद्यालयका ६÷६ जना विद्यार्थीलाई सहयोग प्रदान गरिएको शाखा प्रवन्धक आकाश केसीले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिका वडा नम्वर ३ र विजयनगर महिला साना किसान कृषि सहकारीसँगको सहकार्यमा प्यूठान नगरपालिका वडा नम्वर २ र ३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामाग्री प्रदान गरिएको शाखा प्रमुख केसीले बताउनुभयो । २०७४ भदौ ५ गते सिद्धार्थ बैंकको जुम्री शाखा स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय