प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका स्थित माडी र लुङ्ग्री खोलाको किनारमा चार जनाको शव फेला परेका छन ।

 

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षीय बालकको शव फेला परेको छ ।

यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी नगरपालिका–४ गोठीबाङस्थित माडी खोलाको किनारमा पनि एक महिलाको शव फेला परेको छ ।

त्यसैगरी, स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।

शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

फेला परेका शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय