प्युठान । झिमरुक गाउँपालिका-७ कुतामा साउन ३० गते बेलुकादेखि परेको अविरल वर्षाको कारण गएको पहिरोले एक गोठ भत्किएको छ । अन्य १८ घर, ४ गोठ र एक बिद्यालय जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

झिमरुक गाउँपालिका-७ कुता स्थित प्रेम सुनारको गोठ पहिरोले भत्किएको वडा सदस्य तुल बहादुर पछाइले जानकारी दिनुभयो । गोठमा रहेको एउटा बोके पाठो च्यापिएर मरेको उहाँले बताउनुभयो । अन्य ५ वटा बाख्राको भने सकुशल उद्घार गरिएको छ ।

पहिरोले स्थानीय सीता माध्यमिक बिद्यालयको भवन जोखिममा परेको छ । त्यस्तै पहिरोको कारण विभिन्न स्थानीय व्यक्तिहरुका १८ घर र ४ गोठ सहित ग्रामीण सडक समेत निकै जोखिममा रहेको जानकारी प्राप्त भएको छ ।

पालिकाल्रे स्थानीय जनतालाई सतर्क रहन अनुरोध समेत गरेको छ ।उच्च जोखिममा रहेका व्यकिहरुलाई सुरक्षीत स्थानमा राख्ने र सबै वडाको बस्तीमा भएको क्षति बारे तथ्यांक लिनेकाम भैरहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय