प्युठान । जिल्लामा केही दिन यता लगातार वर्षा भईरहेकोले आम नगरिकलाई सतर्क र सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय प्युठानले आग्रह गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना मार्फत लगातार वर्षाको कारण जिल्लाका विभिन्न स्थानमा जमिन गलेको, भासिएको र सो को कारण पहिरो जाने, गेग्रान वहाव, अकस्मात बाढी आउने जस्ता जोखिम बढ्दै गएको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाका अत्यन्तै जोखिमपूर्ण स्थानका घरपरिवारलाई विपद्पूर्व नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सम्बन्धित सरोकारवालालाई अनुरोध गरिएको छ ।

बाढी, पहिरो तथा अन्य विपद जन्य घटना हुन सक्ने भन्दै प्रशासनले आम नागरिकलाई आकस्मिक सहयोगका लागी नजिककै रहेको प्रहरी चौकी, वडा कार्यालय, जनप्रतिनिधि तथा हटलाई सेवा १२३४ तथा १०० नम्बरमा सिधै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय