मेरो हिरो बनाउँछन् फिलिम
कुन दिन घरखेत बनाउँछन् चिलिम
जहिले हुन्छन् केको सुटिंगमा
हाजिर हुन्नन् घरको चाँहि मिटिंगमा
दिक्क लाईसक्यो मलाई दिक्क लाईसक्यो
हाँसु कि रोऊँ म दिक्क लाईसक्यो
बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन्। चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेकाछन् भने शव्द स्वयं थापाकै रहेको छ।
सो गीतको भिडियोलाई हाल छायांकनमा रहेको चलचित्र जुबाकी लेखक वर्षा पौडेलले निर्देशन गरेकी छिन् ।
यस गीतको भिडियोमा संभवत नेपालमा पहिलोपटक एज रिभर्सड कास्टिङ (Age reversed Casting) शैलीलाई अवलम्बन गरिएको छ । जस अन्तर्गत वयष्क महिलाहरुको भूमिकामा बालिकाहरुलाई अभिनय गराउँदै नचाईएको छ र उनीहरुले उत्कृष्ट प्रस्तती दिएकाछन् । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले नाचेका छन् भने रोहिया महर्जनले कोरियोग्राफी गरेकीछिन् ।
थुप्रै गहकिला गीत लेखिसकेका गीतकार थापाले विगतमा चलचित्र साँघुरोको लागि पनि गीत लेखेका थिए भने ठक्कर बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अर्वाडको उत्र्कृष्ट पाँचमा परेको थियो । बजारमा आएको नयाँ गीतमा उनले विभिन्न पेशामा आवद्द श्रीमानहरुका श्रीमतीहरुले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा शव्दको बान्की भरेका छन् ।
उनले जग्गाको कारोवार गर्ने ,डाक्टरी गर्ने,पत्रकारिता गर्ने,पसल गर्ने,वैदेशिक रोजगारी गर्ने,समय नदिने,गफ धेरे दिने,भनेको नमान्ने,शेयर कारोवार गर्ने,फिल्म बनाउने,सरकारी जागिरे,आर्मी लगायत श्रीमानहरुको विवशता,हालत र त्यसले श्रीमतीहरुको मनोदशामा पारेको प्रभावलाई रमाईलो पारामा प्रस्तुत गरेका छन् ।
मेरो बूढो जग्गाको दलाल
नबिकेर छ भन्छन् बेहाल
जतिखेरै झुन्डिन्छन् फोनमा
सन्तोक छैन कहिले नि मनमा
दिक्क लाईसक्यो
त्यसैगरी पत्रकारितामा लागेर तलब पाउन मुस्किल झेलिरहेका पत्रकारको कथा र सो कुराले उनकी श्रीमतीको मनोदशालाई पनि गीतकार थापाले रमाईलो पारामा प्रस्तुत गरेका छन् ।
मेरो बूढो देश धान्ने पत्रकार
आफ्नै घरको थाहा छैन समाचार
पैसा माग्दा तलबनै पाछैन
फूर्ति लाउने बानी चाँहि गाछैन
त्यसतै वैदेशिक रोजगारमा गएका पतिको बारेमा उनकी श्रीमती भन्छिन्
मेरो खसम वैदेशिक रोजगारमा
बिहान बेल्का झुल्किन्छन् अनलाईनमा
वैंश गयो आउने दिन कुरेर
पराईले हेर्छन नि घुरेर
दिक्क लाईसक्यो मलाई दिक्क लाईसक्यो
निर्माता एवं गीतकार थापाले बजारमा आईरहेका एकैखाले गीत र पुरानै गन्थन मन्थन र रोदनका गीत भन्दा बदलिदो समय र परिवेशमा आधुनिक नारीहरुका नयाँ कथा,समस्या,हालत र मनोदशा दर्साउने नयाँ कथाव्यथाहरुमा गीत बुन्दै रमाईलो र नाच्ने गीत ल्याएका छन् । यो गीत देवाश्री फिल्म्स च्यानलमा उपलब्ध छ । निर्माता थापा नयाँ चलचित्रको पनि तयारी गर्दैछन् र केही समय अघि नयाँ नायिकाको खोजी गर्दै अडिसन कल पनि आवहान गरेका थिए ।


S.K. Creative Media Group