कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक दीपक विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको हो।
दुर्घटनामा परी सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएको प्रहरीले जनाएको छ। उहाँको उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


S.K. Creative Media Group