पाल्पा । तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिनुभयो ।
बुटवलबाट तानसेनका लागि छुटेको गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आईतबार दिउँसो दुर्घटनामा चालकसहित पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
घाइते पाँचै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।


S.K. Creative Media Group