प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत प्यूठानमा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका ६४ वडा मध्य ५४ वडामा असोज ३ र बाँकी १० वटा वडामा ४ गते अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस प्यूठानले जनाएको छ ।
वडा अधिवेसनबाट वडा ईकाई समिति र करिब १ हजार ४ सय ५० क्षेत्रिय प्रतिनिधि चयन भएको जिल्ला निर्वाचन अधिकृत रेसमराज गिरीले जानकारी दिनुभयो ।
यसैगरी कांग्रेस प्यूठानका पूर्वसभापति सुवास केसी प्यूठान नगरपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ भने अमरप्रसाद भण्डारी प्यूठान नगरपालिका–६ बाट क्षेत्रीय प्रतिनिधि बन्नुभएको छ ।
वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिहरू नै कांग्रेसको आगामी नेतृत्व चयन प्रक्रियाका महत्वपूर्ण आधार मानिन्छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा जिल्ला कार्यसमितिको निर्वाचन भने केन्द्रीय महाधिवेशन भन्दा पछाडी गरिने निर्बाचन अधिकृत गिरीले बताउनुभयो ।
तर दुईवटा प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति, प्रदेश महाधिवेसन र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि भने असोज १० गते अधिवेशन हुने उहाले जानकारी दिनुभयो । जस्को लागि असौज ९ गते मनोनयन दर्ता गरिने छ । असौज ७ गते गाउँ तथा नगरपालिका कार्यसमितिको अधिवेसन गर्ने निर्वाचन कार्यतालिका छ ।
संस्थापन ईतर समुहको नेतृत्व गरेका शेरबहादुर देउवा निकट रहेका प्रदेस सांसद तथा लुम्बिनी प्रदेसका पुर्ब मन्त्री सरोज थापा(रोज राणा) सहित दुई जना जिल्ला उपसभापति देबेन्द्र बर्मा र ईश्वर सिंह बिष्ट, सहसचिव प्रमोद पोख्रेल,प् यूठान नगर सभापति नेत्रबहादुर केसी, १४ महाधिवेशनका महाधिवेशन प्रतिनिधि देविराम पुन लगायतका केही नेता असोज ३ र ४ गतेको वडा अधिवेशनमा भाग नलिएको बताईएको छ ।
तर देउवा निकट ईतर पक्षले समानान्तर रुपमा अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। असोज १५ गते वडातहको अधिवेशन गर्ने ईतर पक्षको कार्यतालिका छ ।


S.K. Creative Media Group