प्यूठान । नेपाली कांग्रेस प्यूठान अन्र्तगत प्रदेश सभा (क) को क्षेत्रिय सभापतिमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मतगणना अनुसार शाहले २६८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सभापतिका प्रतिस्पर्धी दुर्ग बहादुर बुढाथोकीले ११४ र नेत्रमणी पोख्रेलले ७३ मत पाउनुभएको थियो । ४६८ मत खसेकोमा १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।


S.K. Creative Media Group