अर्घाखाँची । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना परेर बाबु-छोराको ज्यान गएको छ ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका- ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उहाँको २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जानकारी दिएको छ ।
भूमिकास्थान नगरपालिका-२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी प्रमुख डिएसपी दिवस जीसीको कमाण्डमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।


S.K. Creative Media Group