अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ । धारापानीका हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेका अनुसार आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लागिएको थियो । अस्पतालमा जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।


S.K. Creative Media Group