प्यूठान । वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक युवक दुई ल वर्षदेखि सम्पर्कविहीन भएका छन । प्यूठानको गौमुखी गाउँपालिका-६ लिवाङका ३१ वर्षीय बेगम परियार (सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ ।
श्रीमती श्यामकुमारी परियारले आफ्नो श्रीमान ०७६ साल माघ ९ गते विदेशि गएको बताउनुभयो । दुई वर्षसम्म श्रीमान सम्पर्कमा नआएपछी श्रीमती श्यामकुमारीले श्रीमान खोज्न सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
श्रीमान सम्पर्कमा नआएको केही दिनपछी एजेन्ट सँग खोजिदिन आग्रह गर्दा एजेन्टले टारेको उहाँको भनाई छ । सम्पर्कविहीन भएका परियारका भाइ भरत परियारले दाईले २०७८ सालको तिहारको दिन धर्म दिदी बहिनी मानी टीका लगाएको फोटो फेसबुकमा राखेको र त्यसको ६ दिनपछी सम्पर्कविहीन भएको बताउनुभयो । परियारले आफ्नो दाईलाई खोजीदिनका निम्ति सम्बन्धित संघ संस्था एवं दूतावासलाई खोजिकार्य गरिदिन अनुरोध गर्नुभयो ।
श्यामकुमारीका अनुसार परिवारमा १ छोरा र १ छोरी छन ।कमाएर घरव्यवहार चलाउने श्रीमान २ वर्षदेखी सम्पर्कविहीन भएपछि घरमा आर्थिक व्यवहारले च्यापेको बताउनुभयो । ” कति दिन रुदै हिन्नुपरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक स्रोतको बाटो नै श्रीमानले कमाएर पठाएको पैसा थियो ।”