नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा आइतबार करिब ११ बजे भएको दुर्घटनामा ६ जनाको घटनास्थमै मृत्यु भएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजार आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ को एसमोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ३ महिला र ३ पुरुष गरि ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एकजनालाई भरतपुर अस्पताल लगिएको थियो । घाइते १ जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी गराउनुभयो ।

दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बौदीकाली गाउँपालिका वडा नं ६ का ४५ बर्षीया कमला वान्टकी, बौदीकाली ६ कै ५५ बर्षीय टेकमान वान्टकी मगर, ५२ बर्षीया कुमारी राना, २९ बर्षीय चालक छन बहादुर आले मगर, बुलिङ्टार गाउँपालिका वडा नं ४ का चुलिबोझाका १२ बर्षीय बालिका करिश्मा ठाडा, कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरे र घाइते भनिएका मध्यविन्दु नगरपालिका वडा नं २ मदनपुरका १८ बर्षीय चिरन अर्यालको पनि उपचारका त्रःममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय