प्यूठान । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले काुनन निर्माणको विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्वन्धि आज प्यूठानको जुम्रीमा आयोजित अन्र्तक्रियापछि पत्रकारसँग सभामुख घर्तिमगरले कानुन निर्माणको विषयमा महत्वपूर्ण छलफल र अन्र्तक्रिया भएको बताउनुभएको हो ।
स्थानीय तहमा विकास निर्माणको विषयमा व्यापक छलफल र बहस भएपनि कानुन निर्माणको विषयमा चासो नदिने गरेको उहाँले बताउनुभयो । कानुनको आवश्यकता र निर्माण प्रक्रियाका विषयमा जनप्रतिनिधिलाई सचेतना दिन प्रदेश सभाले स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । हालसम्म प्रदेशका ८ वटा जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी समेत दिनुभयो ।
संघीयताको आधारको रुपमा रहेको स्थानीय तहलाई कानुन निर्माण गर्न कानुन अधिकृतको अभाव रहेको विषयलाई प्रदेश सरकारले महशुस गरेको समेत उहाँको भनाई छ । सभामुख घर्तिमगरले आगामी हिउँदे अधिवेशनमा स्थानीय तह निजामति सेवा ऐन २०८० को विधेयक छलफलका लागि प्रस्तुत हुने जानकारी समेत दिनुभयो । स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास रोकिएको गुनासो जनप्रतिनिधिहरुबाट आएको भन्दै त्यसलाई छिटै टुंगोमा लैजाने उहाँको भनाई छ ।
पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, धनलक्ष्मी श्रेष्ठ लगायतको उपस्थित थियो ।