प्युठान। प्युठानको माण्डवी गाउँपालिमा गोठमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । बिहिबार राती माण्डबी गाउँपालिकाका वडा नम्बर ३, जस्पुरमा रहेको जलजला कृषी तथा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको ११ वटा खसी र १ वटा बयर बोका सहित १७ वटा कुखुरा जलेर मरेको स्थानीयले बताएका छन् । गोठमा रहेका १५ वटा २ सय लिटरको ड्रम ,मकै १० बोरा ,परान दाना, गहुँ र घर बनाउन प्रयोग गरिने काठको दार र झ्याल ढोका समेत जलेर नस्ट भएको फर्म संचालक अन्जना थापाले बताउनुभयो ।

रातको समय एक्कासि विद्युत तार सट भएर गोठमा आगलागी भएको फर्म संचालक थापाले बताउनुभयो । आगलागीबाट करिव २५ लाख बराबरको क्षति भएको अस्थाई प्रहरी पोस्ट जस्पुरले जानकारी दिएको छ।

आगो लागेको थाहा पाए लगत्तै अस्थाई प्रहरी पोस्ट जस्पुरबाट प्रहरी टोलि र स्थानीयवासी घटनास्थलमा पुगेर नियन्त्रणको पर्यास गरेका थिए ।
आगो नियन्त्रणमा लिने पर्यास गर्दा पनि नियन्त्रण नभएको हुँदा धेरै क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय