तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्नु भएको छ ।

 

आँबुखैरेनी गाउँपालिका साविकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक बर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ ।

 

उक्त अस्पताल संचालनमा ल्याइएसंगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुदै आएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय