काठमाण्डौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट परेको छ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गतेपछि देशभर अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो। सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय विरुद्ध शुक्रवार सम्म सर्वोच्च अदालतमा १० रिट दर्ता गरेका छन् ।

सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरिएको छ । परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकिएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको मन्त्री परिषद बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय