प्युठान । सरूमारानी गाउँपालिका-२ ददेरीमा माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । दाङकाे भालुवाङबाट प्यूठानकाे दर्भान तर्फ गुडेको लु ३९ प ८४१५ नम्बरकाे माेटरसाइकलले ठक्कर दिदा स्थानीय ७५ वर्षीय सत्यमाेहन अमात्यकाे मृत्यु भएकाे हाे ।
शुक्रबार माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते हुनु भएका अमात्यलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ डाक्टरले मृत घाेषणा गरेका थिए । त्यस्तै माेटरसाइकल पछाडी सवार स्वर्गद्वारी नगरपालिका-३, जलुके निवासी १६ वर्षीया तिर्सना पुन घाइते हुनु भएकाे छ।
घाइतेलाई भालुवाङ स्थित राप्ती पाेलिक्लिनकमा उपचारपछि घर पठाईएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ । ठक्कर दिने माेटरसाइकल चालक सरूमारानी गाउँपालिका-१, दर्भानका १८ वर्षीय अनबर अलि र माेटरसाइकललाई भने प्रहरी चाैकी दर्भानले आफ्नाे नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।