दाङ । उचित क्षतिपूर्तिको माग गर्दै दाङमा मृतकका आफन्त र स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । सनिवार बेलुका यात्रुबाहक बसले माेटरसाइकललाई ठक्कर दिएर भएको सडक दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएपछी घटनामा संलग्न बस चालकलाई कारबाही र उचित क्षतिपूर्तिकाे माग राख्दै मृतकका आफन्त र स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेका हुन ।
उचित क्षतिपूर्ति नदिएसम्म हुलाकी सडक पुर्णतया बन्द भएको र पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।
दुर्घटनामा दुई जनाको मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएको भन्दै मृतकका परिवार तथा आफन्तहरुले मृतक व्यक्तिकाे शव उठाउन मानेका छैनन् । गाउँ गाउँबाट आफन्त आउने क्रम जारी रहेको र आन्दोलन थप उग्र बन्न थालेकाे छ। सुरक्षाको लागि सडकमा प्रहरीको बाक्लो उपस्थित रहेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ नौंसहरा निवासी २३ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी २४ वर्षीय प्रदिप यादवको बसको ठक्करबाट मृत्यु भएको थियो।
शनिबार बेलुका राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोलापुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
फोटो : दशरथ घिमिरे दाङ ।