प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा हुने भएको छ । मंसिर ८, ९ र १० गते देशभरका ख्यातिप्राप्त बाल साहित्यकारको उपस्थितीमा सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ ।

 

 

सम्मेलन तयारीको बारेमा आईतबार पत्रकार भेटघाटमा सम्मेलनका संयोजक विमला खनालले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा कथा लेखन, निवन्ध, कविता, चित्रकला, नृत्य, अभियन कार्यशाला हुने बताउनुभयो । त्यसैगरी कथा लेखन र हस्त लेखनको प्रतियोगिता समेत सञ्चालन हुनेछ । सम्मेलनमा पुस्तक विमोचन, पुस्तक प्रर्दशन र अन्र्तक्रिया समेत हुने संयोजक खनालले जानकारी दिनुभयो ।

 

 

९ गते विहान खलंगामा प्रभातफेरी र दिउँसो जनता मावि बाग्दुलामा उद्घाटन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप, पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा गरिएको छ । साथै जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सम्मेलनले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकारदेखी जिल्लाका सवै स्थानीय तहबाट बालबालिकाको सहभागिता रहने छ ।

 

बालसाहित्य समाजको आयोजनामा हुन लागेको सम्मेलनमा प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, राप्ती साहित्य परिषद्, साहित्य परिषद प्युठान, लुम्बिनी वांगमय प्रतिष्ठान नेपाल प्युठान शाखा, जनता माध्यमिक विद्यालय बाग्दुला, नेवा : खल प्युठान, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, नेपाल पत्रकार महासंघ प्युठान, प्युठान वांगमय केन्द्र काठमाण्डौ, प्युठान उद्योग वाणिज्य संघ, कालिका विकास केन्द्र नेपाल र भित्रिकोट सामुदायिक सिकाई केन्द्र स्थानीय आयोजक रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय