काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।
सोमबारबाट लागुहुने गरी आगामी ३० दिनसम्मका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।
अनशन धर्ना घेराउ र बिरोध प्रदर्सन जस्ता कार्यक्रमहरु गर्दा विभिन्न समूह बिच आपसी विवाद झैझगडा मुठ्भेड एवं भिडन्त भइ शान्ति सुरक्षामा असर हुन सक्ने तथा हुल दंगा वा अशान्ति हुन सक्ने कुरालाई मध्यनजर गर्दै निषेधित क्षेत्र तोकिएको छ ।
शान्तिसुरक्षामा प्रत्येक्ष असर पर्नुको साथै उल्लेखित स्थानमा सर्वसाधारण नागरिकको सेवा प्रभाहको लागि मार्ग एवम् महत्त्वपूर्ण प्रतिष्ठान समेत भएकाले सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायहरुको कामकारबाही सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्येक्षरुपमा नकारात्मक असर पर्न जाने ठहर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिस समेतको आधारमा र स्थानीय प्रशासन ऎन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि आदेश जारी गरेको जनएको छ ।
निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा बिरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको जनाएको छ।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकिएको काठमाडौं प्रशासनले विज्ञप्तिमार्फत जानकारी गराएको छ।