काठमाडौं । नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मंसिर ७ गते आयोजना गरेको प्रदर्शन स्थाल परिवर्तन गरेको जनाएको छ । युवा संघका अध्यक्ष क्षितिज थेबे ले सोमबार एक विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गर्ने भनिएको कार्यक्रम ७ गते तीनकुनेमा गरिने विज्ञप्ति मार्फत जानकारी गराएको छ।

 

सरकारले सोमबारबाट ४ गते देखि ३० गतेसम्म एक महिनालाई माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले गर्ने तय भएको कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

 

सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँ स्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय