पोखरा । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ।
मृतक दम्पतीले पोखरा महानगरपालिका-२९, स्थिति पटनेरी नजिकै खेतको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार अपराह्न ४ बजे घाइते भएका थिए । करेन्ट लागेपछि स्थानीयले उनिहरुलाई उद्धार गरी अस्पताल पुर्याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।
करेन्टमा परि मृत्यु हुनेमा मुस्ताङको जोमसोम भइ पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका प्रहरीले जानकारी दिएको छ ।