काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ । मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २-० गोलको अन्तरले पराजित भएकाे हाे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि यमनले दोस्रो हाफमा २ गोल गरेकाे थियाे। यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४-० गोलको अन्तरले पराजित भएको थियो ।
यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे संगै बिजय सुरुवात गरेका थिए । यमनका खेलाडी ओमर अब्दुल अल दाहीले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो अग्रता लिएका थिए ।
त्यस्तै खेलको ९०औँ मिनेटमा मोहम्मदले एक गोल थप्दै आफ्नो टोलीको जीत सुनिश्चित गर्न सफल बनेका थिए । नेपालले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा पराजित हुन पुग्यो ।
यसजीतसँगै यमनले शीर्ष तीन अङ्क जोडेको छ भने, नेपालको यो लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि छनोटको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएई) सँग ०–४ गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै यमन बहराइनसँग ०–२ गोलअन्तरले पराजित भएको थियो । उक्त प्रतियोगिताको छनोट अन्तर्गत तेस्रो र चौथो खेल आगामी मार्चमा हुनेछ ।
नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह ‘एच’ मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।