![](https://saharakhabar.com/wp-content/uploads/2024/05/1589709191Leopard.jpg)
प्यूठान । जिल्लाको प्यूठान नगरपालिका-९, कोल्छापाको जङ्गलमा चराउन लगेका बाख्रालाई चितुवाले खाएको छ । बुधबार बिहान करिब ९ बजेतिर फुलबारी माथिको जङ्गलमा चराउन लगेका स्थानीयको ४ वटा बाख्रा चितुवाले खाएको हो ।
प्यूठान नगरपालिका-९, कोलछापा बस्ने जानका के.एम. र मिना कुमाल १-१ वटा बाख्रा र हेम बहादुर के.एम.को एक पाठो सहित २ गरि ४ वटा बाख्रा हराएको स्थानीय मिना कुमालले जानकारी दिनुभयो ।
गुरिगाउँ फुलबारी माथिको जङ्गलको ओडारमा १ वटा बाख्रा आन्द्राभुडी निस्किएर मरेको अवस्थामा भेटिएको कुमालले जानकारी दिनुभयो । सधै सोही जङ्गलमा बाख्रा चराउन लगिने गरेको उहाँको भनाई छ ।
आज स्थानीय ५ घर परिबारका १७ बाख्रा पाठा जङ्गलमा चराउन लगेकोमा ४ वटा बाख्रा नभेटेपछि चितुवाले खाएको हुन सक्ने स्थानीय सुशील जिसीले जानकारी दिनुभयो । घटनापछि स्थानीय त्रसित छन ।