प्यूठान । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा १८ खर्व ६० अर्व ३० करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा प्यूठान र अर्घाखाँचीको सिमाना ‘नौमुरे’ मा निर्माण हुने नौमुरे बहुउदेश्यीय आयोजनालाई कार्यान्वयनमा लगिने उल्लेख गरिएको छ ।
बजेट बक्तव्यमा भनिएको छ, “सुख्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाट क्षमताको दूधकोशी र ४१७ मेगावाट क्षमताको नलसिङगाड जलाशययुक्त जलविद्युत आयोजना तथा २ सय ८० मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गरिनेछ । बैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडी बढाईनेछ ।”