प्यूठान । नेकपा (एमाले) प्यूठानको अध्यक्ष र उपाध्यक्ष चयन गर्न मतदान गरिएको छ । ५३९ प्रतिनिधि मध्ये ५२३ जनाले मतदान गरेका छन ।
२ बजेदेखि मतगणना गर्ने गरी तयारी थालिएको निर्वाचन कमिटीले जनाएको छ ।
अध्यक्ष पदका लागि हालका वर्तमान अध्य्क्ष विजय विराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहबीच प्रतिस्पर्धा छ । उपाध्यक्षका लागि माधव शर्मा र नेगन सिंह कवरबीच प्रतिस्पर्धा छ ।