भैरहवा । नेकपा (एमाले) रुपन्देहीको दशौँ जिल्ला अधिवेशन भैरहवामा शुरु भएको छ । बुधवारबाट सुरु भएको जिल्ला अधिबेशन दुई दिनसम्म चल्ने छ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

दशौँ जिल्ला अधिवेशनको प्रमुख अथिती समेत रहनुभएका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि आफ्नो दललाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ। मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेता पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,”संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यहीँ हो । जिम्मेवारी पनि यहीँ हो ।”

एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको नेता पौडेलले बताउनुभयो । संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।
मुलुकका सफल अर्थमन्त्रीका रुपमा लिइने नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो ।

मुलुकमा विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोही अनुसारको भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्नेगरि अगाडि बढनु नै आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

अधिवेशनका लागि जिल्लाभरबाट ८ सय ५३ जना प्रतिनिधि सहभागी भएका छन् । आगामी नेतृत्वका लागि कुल १ सय ४५ जना जिल्ला कमिटी अधिवेशनबाट निर्वाचित हुने एमाले रुपन्देहीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय