अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष भुसाल सर्वसम्मत अध्यक्ष बन्नुभएको हो ।

सचिवमा तोजबहादुर रायमाझी निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ पनि निवर्तमान सचिव हुनुहुन्छ । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरूमा भने निर्वाचन हुने भएको छ ।

उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल र महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको छ ।

शनिवार सुरु भएको नवौँ अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन । आज निर्वाचनको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय