गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीका नेता एवं छत्रकोटका अध्यक्ष पशुपति न्यौपाने नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) गुल्मीको १२ औंं जिल्ला अधिवेशनको अवसरमा आयोजित सभामा न्यौपाने एमाले प्रवेश गर्नुभएको हो ।
त्यस्तै तरूण दल गुल्मी र पिपलधाराका कमल जिसी पनि एमालेमा प्रवेश गर्नुभएको छ । प्रवेश गर्ने न्यौपाने र जिसीलाई एमाले उप-महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, सचिव एवं प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिट ब्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल सहितका नेताले स्वागत गरेका थिए ।
एमाले गुल्मीको मंगलबारबाट १२ औंं जिल्ला अधिवेशन शुरु भएको छ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।



S.K. Creative Media Group