गुल्मी । नेकपा (एमाले) गुल्मी जिल्ला अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि मतदान सुरू भएको छ । सहमतीका लागि लामो प्रयास भएपनि सहमती नजुटेपछि मतदान सुरू भएको हो ।

सहमती नजुटेसंगै अब अध्यक्ष, उपाध्यक्ष, सचिव र १ उपसचिव सहित युवा खुल्ला र भुगोल तर्फ सहमती हुन नसकेका पालिकाहरू इश्मा, मदाने र दरबार गाउँपालिका र मुसिकोट नगरपालिकाको महिला पदहरूमा निर्वाचन हुन लागेको हो ।


अध्यक्षमा बर्तमान अध्यक्ष बालसिंह काउछा र हिरा एसी चुनावी मैदानमा उत्रिनुभएको छ । त्यसैगरी उपाध्यक्षमा जीवन खरेल र गणेश श्रीपाली, सचिवमा धर्म बिश्वकर्मा र पदम अर्याल उम्मेदवार रहनुभएको छ। उपसचिवमा चक्रबन्धु भुसाल र ओम कार्की उमेद्वार हुनुहुन्छ ।

उपसचिव महिलामा लक्ष्मी पन्त निर्बिरोध हुनुभएको छ। ३ बजेबाट मतदान गर्ने भनेपनि सहमती हुने आशामा मतपत्र छपाईमा केही ढिलाई भएकाले निर्वाचन मण्डलले तिब्र रूपमा तयारी गरी निर्धारित समय भन्दा झण्डै डेढ घण्टा पछाडी ४:२० बाट मतदान सुरू भएको छ।

पदाधिकारी बाहेकका सदस्यमा कलस्टर विभाजन गर्दा भुगोलतर्फ १० पालिकालाई ३ जना पुरूष र २ जना महिला गरि ५ जना र २ नगरपालिकालाई ४ पुरूष र २ महिला गरि ६ जना नयां बन्ने जिल्ला कमिटीमा आउने छन् ।

त्यसैगरी युवा कलस्टरवाट १० पुरूष र ५ महिला गरि १५ जना जिल्ला कमिटी प्रवेश गर्ने छन् । आदिवासी जनजाती तर्फ ६ पुरूष र ३ महिला गरि ९ जनालाई छुट्याईएको छ । दलित कलस्टरमा पनि ६ पुरूष र ३ महिला गरि ९ जना छन् ।

यस्तै अपाङ्ग/अल्पसंख्यक/ मुस्लिम कलस्टरमा २ जना छन् भने मजदुरबाट १ जनाले जिल्ला कमिटीमा प्रवेश पाउदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय