गुल्मी । नेकपा (एमाले) गुल्मीको जिल्ला अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । अध्यक्षमा काउछाले ३८४ मत पाउनुभयो भने प्रतिस्पर्धी हिरा एसीले २०२ मत पाउनुभयो ।

उपाध्यक्षमा ३४८ मत पाएर जीवन खरेल निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत पाउनुभयो ।

सचिबमा धर्म बिश्वकर्मा बिजयी हुनुभएको छ । विश्वकर्माले ३७१ मत ल्याउनुभयो भने उहाँको प्रतिस्पर्धी पदम अर्यालले १९० मत ल्याउनुभएको छ ।

उप-सचिब पदमा चक्रबन्धु भुसालले ३४८ मत पाएर बिजयी हुनुभएको छ । प्रतिस्पर्धी ओम कार्कीले २१६ मत पाउनुभयो ।

उप-सचिव महिलामा लक्ष्मी पन्त निर्बिरोध हुनुभएको छ । १२ औं जिल्ला अधिबेशनले १०५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय