बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहिबार बेलुकापख मार्टको तेस्रो तलाबाट सल्केको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा रहेपनी अहिलेलाई उक्त जोखिम टरेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टका सम्पूर्ण समान जलेर नष्ट भएपनि आगलागीबाट मार्ट आसपासका मानव बस्ती जोगाउने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले बताउनुभयो । आगलागीबाट डेल्टामार्टको सिङ्गो भवन पूर्णरुपमा क्षति पुगेको डिएसपी पण्डितले जानकारी दिनुभयो । मार्टको वरपर बाक्लो मानब बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको डिएसपी पण्डितले बताउनुभयो ।

आगलागी नियन्त्रणमा करीब चार घण्टाको लामो प्रयासपछि बुटवल उपमहानगरपालिकाका दुई दमकल, छिमेकी पालिकाहरू, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, आयल निगम र एयरपोर्ट सहित धेरै ठाउँका दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू, लगायत स्थानीयको अगुवाईमा आगो नियन्त्रणमा लिएर अन्य घरहरूमा फैलिन रोक्न सफल भएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभएको छ । आगलागी नियन्त्रणका लागि सबै संमयन्त्र प्रयोग गरिएपनि मार्टमा क्षति रोक्न नसकिएको बताउनुभयो । विपदमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय