प्यूठान । मल्लरानी गाउँपालिका–३ बर्बोटमा भानुभक्त माध्यमिक विद्यालयका कृषि धारका विद्यार्थीको संलग्नतामा माटो परीक्षण शिविरमा गरिएको छ । माटो परीक्षण सेवालाई प्रभावकारी बनाउन कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरुलाई संलग्न बनाएर परीक्षण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानले मल्लरानी गाउँपालिकाको समन्वयमा बर्बोटमा शिविर आयोजना गरेको परियोजना प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । जिल्लाका अरु पालिकामा माटोको परीक्षण भएपनि मल्लरानी गाउँपालिकामा नभएकाले शिविर गरिएको उहाँले जानकारी दिनुभयो । “विद्यार्थीहरुको संलग्नतामा सिकाइ केन्द्रित हिसाबले माटो परिक्षण शिविर सन्चालन गरिएको हो,” उहाँले भन्नुभयो,“ शिविरबाट करिव १६० माटोका नमुनाहरुको परिक्षण गरिएको छ ।” उहाँका अनुसार मल्लरानी गाउँपालिका २, ३ र अन्य वडाबाट समेत माटोको नमुना संकलन गरिएको थियो ।

सवैभन्दा बढी पोटास तत्वको कमी
संकलन गरिएका नमुनाहरुमा पि.एच.को अबस्था ८८ प्रतिशत तठस्थ, ९ प्रतिशत अम्लिय र ३ प्रतिशत क्षारिय रहेको पाइएको छ । नाइट्रोजनको अवस्था ७६ प्रतिशत कमी, २० प्रतिशत मध्यम र ४ प्रतिशतमा अधिक पाइएको थियो ।
फोस्फरसको अवस्था ५० प्रतिशत कमि, २७ प्रतिशत मध्यम र २३ प्रतिशतमा अधिक पाइएको थियो । पोटासको अबस्था ७८ प्रतिशत कमि, १६ प्रतिशत मध्यम र ६ प्रतिशतमा अधिक पाइएको थियो ।
परीक्षणमा सबै भन्दा पोटास तत्वको कमि रहेकोले रोग किराको प्रकोप र बाली उत्पादनमा कमि हुने देखिएकाले यसको समाधानको लागि सुझाव सहित कति मात्रमा कुन कुन मल प्रयोग गर्ने त्यस्को सिफारिस सहित प्रतिबेदन उपलब्ध गराइएको गिरीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group