प्यूठान । प्यूठान नगरपालिकामा तीन दिने बहुआयामिक स्काउट तालिम सञ्चालन भएको छ । स्थानीय स्काउट प्यूठान नगरपालिकाकाे आयाेजना तथा प्यूठान नगरपालिका काे आर्थिक सहयाेमा जनता माध्यमिक विद्यालय बाग्दुलामा तालिम सञ्चालन भएको हो ।

प्यूठान नगरपालिका स्थानीय स्काउट समितिका संयाेजक दिल बहादुर दसौदीकाे अध्यक्षता तथा प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीकाे प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा पुर्ब राष्ट्रिय परिषद सदस्य गेहराज शर्मा, लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद घिमिरे लगायत नगरपालिकाका स्काउटरकाे उपस्थित रहेकाे थियाे ।

तालिममा नगरपालिका पाँच वटा माध्यमिक विद्यालयबाट १८० जना विद्यार्थी सहभागी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय