गौमुखी । गौमुखी गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । गाउँपालिकाको १७ औं गाउँशभाको अवसरमा गाउँपालिका भित्रका ८ जना किसानलाई सम्मान गरेको हो ।
पालिकाले नगदे तथा मसलाबाली तर्फ रुमानसिंह कुँवर, रैथाने बाली कोदो तर्फ गोविन्द प्रसाद पुरी, फलफूल बाली तर्फ गोवद्धन थापामगर, नर्सरी तर्फ पदम बहादुर के.सी., बाख्रा पालन तर्फ रविन्द्र प्रताप मल्ल, तरकारी बाली तर्फ बिष्णु पुन, खाद्यान्न बालीतर्फ निम बहादुर बुढा र गाइभैसी तर्फ हुमलाल उपाध्यायलाई सम्मान गरेको छ ।
सक्रिय र व्यावसायिक रुपमा कृषि तथा पशुपालन पेशामा लागेका किसान छनौट गरि सम्मान गरिएको पालिकाले जनाएको छ । उनीहरुलाई जनही पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।



S.K. Creative Media Group