काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । बुधबार त्रिभवुन विमानस्थलमा उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको सुरक्षा स्रोतले जनाएको छ । आज बिहान करिब ११ बजेतिर दुर्घटना भएको बिमानमा १९ यात्रु सवार रहेको बुझिएको छ ।

जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।

दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय