अनिल खत्री
गुल्मी । अविरल वर्षाले गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोमा २ वटा घर पुरिएर ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

घर माथिबाट आएको पहिरोमा पुरिएर मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनाका स्थानीय ४८ वर्षीय गोरे बिक, ६७ वर्षिय हुमुक बिक, साढे दुईवर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मुना बिक र बिष्णु बिकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा उपचारको लागि पठाएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरुको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली सहित स्थानीय खटिरहेको प्रहरीले जनाएको छ । गएरातीबाट गुल्मीमा ठूलो वर्षा भइरहेको छ । स्थानीय प्रशासनले बाढी पहिरो जन्य विपदबाट सुरक्षीत रहन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय