गुल्मी । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मालिका गाउँपालिका-२ दर्लिङ अडारे निवासी २७ वर्षीया माया रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरको दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएकी मगरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे ३ बजे तिर उहाँलाई करेन्ट लागेको थियो । मुसाले काटेर नाङगो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय