गुल्मी । बुटवलदेखि गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना भएको छ । यात्रुबाहक जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
बुधबार दिउँसो सत्यवती गाउँपालिका-१, स्थित शान्तिपुर बुटवल पक्की सडकखण्डको कुडादीमा लु १ ज २०८८ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो।
जिप करिब सडक देखि १० मिटर तल खसेर जिप दुर्घटना भएको र दुर्घटनामा परि चालकसहित १६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लगि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



S.K. Creative Media Group