
प्यूठान । माडी नदीमा बगेर प्यूठानमा दुई जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी नगरपालिका -३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको माडी नदीमा बगेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बुधबारदेखि हराईरहेका अधिकारीको शव आज दिउँसो २ बजेको समयमा भिंगृ स्थित तापा र बर्जिबाङ जाने बेली ब्रिजको दुई सय मिटर तल भेटिएको हो ।
त्यस्तै खनाल स्वर्गद्वारी मन्दिर दर्शन गरि फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जादा नदिले बगाएको प्रहरीले जनाएको छ । गोठिबाङको घण्टीखोला दोभानमा शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक नविन कुमार थापा क्षेत्रिले जानकारी दिनुभयो ।