प्यूठान । प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिसुको ज्यान गएको छ । कैरनबाट चेरनेटातर्फ आउदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं.को मो.सा.ले ठक्कर दिदा मल्लरानी गाउँपालिका-५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको हो ।

बिहीवार बेलुका ५ बजेतिर ४५ वर्षीया नारायणी कंवरलाई ठक्कर दिदा साथमा बोकेको नाति खस्न गई घाईते भएको प्रहरीले जनाएको छ । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मोटरसाइकल चालक प्यूठान नगरपालिका-१ चेरनेटा बस्ने २३ वर्षीय बिशाल के.सी.लाई प्रहरीले .नियन्त्रणमा लिएको छ । शिशुको शव जिल्ला अस्पतालको शव-गृहमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय