गुल्मी । गुल्मीमा नेपाल वायुसेवा निगमले हवाई उडानको समय तालिकामा केही परिवर्त गरेको छ । नेपाल वायुसेवा निगमले यसअघि बुधबार र शुक्रबार गरी हप्तामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने जनाएको हो ।

नेपाल वायुसेवा निगम रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एकपटक मात्र उडान गर्ने जानकारी दिनुभयो ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण देखाउदै लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै जहाज ग्राउन्डेड र अ अप्रेसनमा रहेका कारण देखाउदै निगमले पुनः उडान तालिका परिवर्तन गरेको छ जनाएको छ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार पाँच सय भाडादर कायम गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय