धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित हुग्दीखोला नजिकैबाट एक मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको १२ चक्के ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । ट्रक धादिङ र चितवनको सिमानामा पर्ने धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका-१० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो । उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ ।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिनुभयो । प्रहरीका अनुसार ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय