प्यूठान । बाग्दुला–मच्छी सडक खण्ड केहि समयको लागि बन्द हुने भएको छ । बाग्दुला-मच्छी सडक खण्डको विभिन्न स्थानहरुमा सडकमा स्तरोन्नतिको काम गनुपर्ने भएकाले सडक अवरुद्ध हुने भएको हो।

साँघुरा सडकलाई स्तरोन्नति गरि सडक चौडा बनाउन निर्माण कार्य थालिएकाले सडक यहीँ मंसिर ५ देखि २८ गते सम्म २३ दिनसम्म सो सडक खण्डमा अवरुद्ध हुने सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

सडक डिभिजन प्यूठानले जारी गरेको सूचना अनुसार विहान ५ बजे देखी ९ वजे सम्म, बिहान साढे ११ बजे देखि दिउँसो २ बजे सम्म र वेलुका साढे ४ बजे देखि अर्को दिन विहान ९ बजे सम्म सो सडक खण्ड बन्द हुने जनाएको छ । त्यस्तै सडक विहान ९ बजे देखी साढे ११ बजे सम्म र दिउँसो २ बजे देखी बेलुका साढे ४ बजे सम्म मात्रै खुल्ने जारी सुचनामा उल्लेख छ ।

सडक खुल्ने समयलाई ध्यान दिएरमात्र सडकमा यात्रा गर्न यात्रुलाई सडक डिभिजनले आग्रह समेत गरेको छ । यस आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहले सडक स्तरोन्नतिको लागि बजेट बिनियोजन भएपछि सडक चौडा गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय