काठमाडौं । नेकपा एमालेको आज काठमाडौंमा हुन लागेको जागरण सभाको र्याली सुरु भएको छ ।
भद्रकालीबाट सुरु भएको र्याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने कार्यक्रम छ ।
र्यालीको कमाण्ड जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको छ । जागरण सभाको कामण्डरको जिम्मेवारी पाउनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकोले सो जिम्मेवारी ढुङ्गेलले सम्हाल्नु भएको हो ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ ।
आजको सभामा एक लाख बढीको उपस्थिति हुने एमालले आँकलन गरेको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा हुन लागेको हो ।
समाजमा फैलाइएको अराजकता, नेकपा एमाले तथा सरकार माथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।



S.K. Creative Media Group